प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनल खेल आज

national-woman-pm-cup-cricket

तातोखबर, काठमाडौँ: प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ११ बजे  सरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्न तत्पर रहेका छन् ।

Advertisement:national-woman-pm-cup-cricket

अनुभवी खेलाडीको साथ पाएको एपीएफले अपराजित रहँदै फाइनलमा स्थान बनाएको हो । एपीएफले पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराएर फाइनलमा स्थान बनाएको थियो ।

एपीएफसँग पहिलो क्वालिफायरमा हारेको कोशीले दोस्रो क्वालिफायरमा साबिक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएर एपीएफसँगको फाइनल भिडन्त पक्का गरेको थियो ।

त्यसैले कोशीलाई फाइनलमा एपीएफसँग बदला लिने राम्रो मौका रहेको छ । नेपाल क्रिकेट सङ्घले महिला क्रिकेटमा पहिलो पटक राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो । जसले गर्दा खेलाडीले धेरै खेल खेल्न पाएका छन् ।

क्यानले यसअघि सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी शीर्ष दुई टोलीलाई सेमिफाइनल खेलाउने गर्दथ्यो । मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा पुस ५ देखि सुरु भएको प्रतियोगितामा विभागीय टोली एपीएफ र सात प्रदेशगरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application