महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर आज

तातोखबर, काठमाडौँ: प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर आज हुने भएको छ । कीर्तिपुर मैदानमा आज बिहान साढे ९ बजे हुने खेलमा अपराजित टोली एपीएफले कोशी प्रदेशसँग खेल्नेछ ।
कोशी ७ खेलमा ६ खेलमा अपराजित रहँदै १२ अंकसहित दोस्रो स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको हो । समूह चरणको खेलमा कोशी एपीएफसँग पराजित भएको थियो। एपीएफ ७ खेलसम्म अपराजित छ ।
आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले बागमती र सुदूरपश्चिमको विजेतासँँग दोस्रो क्वालिफायर खेल्नेछ ।
आजै हुने एलिमिनेटरमा सुदूरपश्चिम र बागमती आमनेसामने हुनेछन् । यी दुईको खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमा हुँदै छ ।
सातै प्रदेश र एक विभागीय टोली एपीएफ सहभागी प्रतियोगिताको फाइनल खेल बुधबार हुने छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस