माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग

maitighar-mandala

तातोखबर, काठमाडौं / माइतीघर क्षेत्रको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग गर्दै आज प्रदर्शन भएको छ।

माइतीघरमा डा. गोविन्द केसीलगायत  नागरिक अगुवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले निषेधित लोकतन्त्र चाहिँदैन, निषेधाज्ञा तत्काल फिर्ता गर लेखिएका प्याम्पलेट बोकेका थिए।

Advertisement:maitighar-mandala

पछिल्लो समय माइतीघर क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निरन्तर निषेधाज्ञा जारी राखेको छ। निषेधाज्ञाका कारण विभिन्न अभियान्ता तथा राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले यस क्षेत्रमा प्रदर्शन गर्न पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application