सुनसरीको भुटाहामा तनाव : ६ राउण्ड हवाई फायर

विराटनगर / सुनसरीको भुटाहामा तनाव शिर्जना भएको छ। दुई समूहबीच झडप हुँदा प्रहरीले ६ राउण्ड हवाइ फायरसमेत गरेको छ।
हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएको हो।
प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ। दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको कोशी प्रदेश प्रहरीले जनाएको छ।
दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएको र घाइतेलाई उपचारका लागि विराटनगर ल्याइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस