क्रसर व्यवसायीलाई नेपाल निर्माण व्यवसायी महासंघको ऐक्यबद्धता

काठमाडौँ / क्रसरहरु नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यबद्धता जनाएको छ।
शुक्रवार माइतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर व्यवसायीको आन्दोलनमा महासंघको तर्फबाट ऐक्यबद्धता जनाएका हुन्।
उनले क्रसरहरु बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी पर्ने भन्दै सरकारले अविलम्ब उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताए।
उनले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने बताए। उनले काम गरेर खानका लागि लाइसेन्स दिने तर पछि नयाँ ऐन, कानून बनाएर हतोत्साही बनाउने काम भएको भन्दै विरोध गरे।
‘क्रसर बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी हो। क्रसर नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिन्छन्‚’ उनले भने, ‘आर्थिक वर्षको अन्तिम महिना भएकाले केही समय पर्खिनुस् भनेका थियौँ। महासंघको ऐक्यबद्धता रहेको छ‚ यहाँहरुको आन्दोलन पूर्णतया सफल होस्। लाइसेन्स बाँड्ने अनि बाँडेपछि अर्कै नियम, ऐन बनाउने र व्यवसायीहरुलाई निरुत्साहित बनाउने काम गरिरहेको छ।’
नवीकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीले गत असार १ देखि काठमाडौँलक्षित आन्दोलन गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस