सन्दीप लामिछाने निलम्बन

तातोखबर, काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोग प्रमाणित भएका राष्ट्रिय टिमका स्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
क्बिहीबार विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण भइसकेकाले सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको क्यानले जनाएको छ ।
सन्दीपलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले बुधबार आठ वर्षको कैद, तीन लाख क्षतिपुर्ति र दुई लाख पीडितलाई जरिवाना गरी पाँच लाख रुपैयाँ तिर्नुपर्ने सजाय सुनाएको थियो । पुस १३ गते नै अदालतले सन्दीपलाई दोषी ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस