राष्ट्रिय महिला भलिबल- एपिएफ र न्यू डाइमण्ड फाइनलमा

हेटौंडा – हेटौंडाको टिसिएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरीको एपिएफ क्लव र चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लव भिड्ने भएका छन् ।
सिंगल राउण्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको उपाधिका लागि यी दुई टिम भिड्ने भएका हुन् । एपिएफ ११ अंकका साथ समूह विजेता र न्यू डाइमण्ड १० अंकसहित समूह उपविजेता हुँदै फाइनलमा प्रवेश गरेका हुन् ।
समूह चरणको अन्तिम खेलमा न्यू डाइमण्डले त्रिभुवन आर्मीलाई र एपिएफले नेपाल पुलिस क्लवलाई हराएको हो । न्यू डाइमण्डले आर्मीलाई १६–२५, २५–१९, २५–१६ र २५–२३ को सेटमा हराएको हो । खेलको प्लेयर अफ द म्याच न्यू डाइमण्डकी जेनिसा विक घोषित भइन् । यस्तै फाइनल प्रवेश गर्ने क्रममा एपिएफले प्रहरीलाई २३–२५, २५–१९, २५–२१ र २५–१६ को सेटमा हराएको हो ।
खेलको प्लेयर अफ द म्याच एपिएफकी निरुता ठगुन्ना घोषित भइन् । फाइनल खेल सोमबार दिउँसो २ बजेबाट हुने आयोजकले जानकारी दिएको छ । हेटौंडामा सञ्चालन भैरहेको बृहत् खेलकुद तथा व्यापार महोत्सवमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो ।
प्रतियोगितामा चन्द्रागिरी नगरपालिका न्यू डाइमण्ड क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव र मकवानपुरको छहारी युवा सेवा समाजको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सेमिफाइनलबाट बाहिरिएका दुई टिमले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष वसन्तकुमार सिटौलाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस