एभरेस्ट महिला भलिबल लिगमा ललितपुरको लगातार दोस्रो जित
काठमाडौं / एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले लगातार दोस्रो खेलमा पनि जित निकालेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३–१ सेटमा पराजित गर्यो।
पहिलो सेट २५–१५ को सहज जित निकालेको ललितपुरले दोस्रो सेटमा भने केही संघर्ष गर्नु पर्यो। निकै प्रतिस्पर्धात्मक बनेको सेटमा ललितपुर २६–२४ ले विजयी भयो। रोमाञ्चक तेस्रो सेट भने ललितपुरले २४–२६ ले गुमाउन पुग्यो।
चौथो सेट २५–२२ ले नतिजा आफ्नो पक्षमा पार्दै ललितपुरले विजयी यात्रालाई कायम राख्यो।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको ललितपुर शीर्षस्थानमा उक्लिएको छ। दुवै खेलमा पराजित मधेश अंकविहीन छ।
पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३–१ को सेटमा हराउँदा मधेश कर्णाली यश्विजसँग ३–१ कै सेटमा पराजित भएको थियो।
आज ललितपुरले कर्णाली र मधेशले चितवन शक्तिको सामना गर्नेछन्।
मंगलबारै सम्पन्न खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३–२ तथा काठमाडौंले चितवनलाई ३–१ सेटमा पराजित गरे।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मारवाडी सेवा समितिको कब्जामा रहेको ‘गौशाला धर्मशाला’ पशुपति क्षेत्र विकास कोषमै फिर्ता
-
२.
पनौती नगरपालिकाले बाढीपहिरो पीडितलाई ड्रोनमार्फत खाद्यान्न सामग्री वितरण गर्दै
-
३.
पाकिस्तानको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा तीन जनाको मृत्यु
-
४.
नेपाल प्रिमियर लिगको अक्सनमा १२ क्रिकेट खेलाडी सर्वाधिक १५ लाखमा बिक्री
-
५.
मृत्यु भएका ६ खेलाडीका परिवारलाई राहतस्वरुप ८ लाख उपलब्ध गराउने एन्फाको निर्णय