सन्दीपको मुद्दामा बहस सकिएन, भोलि बहस सकिने र फैसला आउन सक्ने

Sandeep-lamichhane-case-tastokhabar-tattatokhabar-balen-khabar-news-post-blog

तातोखबर, काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको नाबालिका बलात्कार मुद्दा आज (बिहीबार) पनि हेर्दाहेर्दैमा राखिएको छ ।  बहस नसकिएपछि मुद्दा भोलि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । शुक्रबार बहस सकिने र फैसला आउने संभावना भने देखिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत आइतबारदेखि अन्तिम सुनुवाइ सुरू भएको हो ।

बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट ३ जना वरिष्ठ अधिवक्तासहित ६ जनाले प्रतिरक्षा बहस सकाएका छन् । वरिष्ठ अधिवक्तात्रय शम्भु थापा, रमणकुमार श्रेष्ठ र सविता भण्डारीसहित ६ जनाले बहस गरेका अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

Advertisement:Sandeep-lamichhane-case-tastokhabar-tattatokhabar-balen-khabar-news-post-blog

​उनका अनुसार सन्दीपतर्फकै कानुन व्यवसायी ५ जनाले बहस गर्न बाँकी रहेको छ । शुक्रबार उनीहरूको बहसपछि जवाफी बहस सकाएर मुद्दाको फैसला आउने सम्भावना रहेको पन्थीले बताएका छन् ।

बहस केही लम्बिएको खण्डमा आगामी आइतबारसम्म फैसला सुनाउने तयारी इजलासको छ । क्रिकेटर लामिछानेमाथि नाबालिका बलात्कारको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

पछि सर्वोच्च अदालतले विदेशका प्रतियोगिता खेल्न जान पाउने आदेश गरेसँगै उनी विभिन्न देशमा नेपालको प्रतिनिधित्व गरी खेल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application