एनसेलको शेयर खरिदबिक्री रोक्न अदालत पाटनद्वारा आदेश जारी

Ncell-axiata-company

काठमाडौं, २२ मंसिर / नेपालको विद्यममान ऐनबमोजिम भएको छ की छैन निक्र्योल नहुञ्जेल एनसेलको शेयर खरिद बिक्री रोक्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । एनसेलको खरिद विक्री विरुद्ध परेको रिटमाथी उच्च अदालत पाटनमा न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासमा विहिवार भएको सुनुवाईपछि उक्त आदेश जारी भएको हो ।

उक्त मुद्दामाथी निर्णय गर्दै पाटन उच्च अदालतले तत्कालका लागि शेयर विक्रीको विवरणहरु दर्ता किताबमा दर्ता नगर्न समेत अन्तरिम आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले साउन २५ गते विपक्षीलाई समेत उपस्थित गराउन र यससम्बन्धी दायर अन्य रिटलाई पनि लगाउमा राख्न आदेश दिएको छ ।

Advertisement:Ncell-axiata-company

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application