क्यानको बोर्ड बैठक बस्दै, सन्दीपको विश्वकप यात्राको विषयमा निर्णय हुने

तातोखबर, काठमाडौँ / बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतबाट सफाइ पाएसँगै उनलाई विश्वकप टोलीमा समावेश गर्ने वा नगर्ने निर्णय गर्न नेपाल क्रिकेट संघ (क्यान) को बैठक बस्दै छ।

क्यानले आजै बोर्डको बैठक बसेर सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्ने वा नगर्ने विषयमा निर्णय गर्ने जनाइएको हो।

Advertisement:

आगामी जुन १ देखि २९ तारिखसम्म चल्ने नवौँ संस्करणको आईसीसी टी-२० विश्वकपको अमेरिका र वेस्ट इण्डिजले संयुक्त रुपमा आयोजना गर्दै छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यस पटकको विश्वकपका लागि खेलाडीहरुको अन्तिम नामावली घोषणा गर्न  मे १ तारिखसम्म समय दिएको थियो।

क्यानले पनि सो समयभित्रै १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ‚ जसमा सन्दीप बलात्कार मुद्दामा मुछिएका कारण परेका छैनन्।

अदालतबाट सफाइ पाएपछि सन्दीपले आगामी टी-२० विश्वकप खेल्न पाउने सम्भावना देखिएको छ।

विश्वकपमा सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न भने सकिन्छ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ। उक्त अवधिभित्र विश्वकप खेल्ने कुनै पनि राष्ट्रले आफ्नो टोलीका खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ।

तर मुद्दा सरकारवादी भएकाले उच्च अदालतबाट सफाइ पाएका सन्दीपविरुद्ध सरकारी वकिलले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बाटो खुला छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application