NTC App - Ad

नेपाललाई अझ माथि पुर्‍याउने प्रयत्न गर्ने छु : क्रिकेटर सन्दीप लामिछाने

sandip-lamichhane-relese-nepali-cricket

काठमाडौँ / उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीप लामिछानेले आफूले पहिले जिल्ला अदालतको फैसला पनि स्वीकार गरेको र आजको फैसला पनि स्वीकार गर्ने बताएका छन् ।

उच्च अदालत पाटन नजिक उनले समर्थकमाझ यस्तो बताएका हुन् ।  उनले नेपाललाई क्रिकेटमार्फत आफूले जुन उचाइसम्म पुर्‍याएको हो, त्यसभन्दा पनि माथि पुर्‍याउन प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

Advertisement:sandip-lamichhane-relese-nepali-cricket

उनले भने ‘पहिलो दिनदेखिनै निर्दोष छु भनेर भनिरहेको छु, अन्ततः यहाँसम्म आइसकेका छौँ। जिल्ला अदालतको फैसला पनि सम्मान गरेकै हुँ, आजको फैसलाको पनि सम्मान नै गर्छु। मलाई साथ दिने सबैप्रति आभारी छु। आगामी दिनमा नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा माथि पुर्‍याउने प्रयत्न गर्ने छु।’

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :