एनसेलको शेयर खरिदबिक्री रोक्न अदालत पाटनद्वारा आदेश जारी
काठमाडौं, २२ मंसिर / नेपालको विद्यममान ऐनबमोजिम भएको छ की छैन निक्र्योल नहुञ्जेल एनसेलको शेयर खरिद बिक्री रोक्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । एनसेलको खरिद विक्री विरुद्ध परेको रिटमाथी उच्च अदालत पाटनमा न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासमा विहिवार भएको सुनुवाईपछि उक्त आदेश जारी भएको हो ।
उक्त मुद्दामाथी निर्णय गर्दै पाटन उच्च अदालतले तत्कालका लागि शेयर विक्रीको विवरणहरु दर्ता किताबमा दर्ता नगर्न समेत अन्तरिम आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले साउन २५ गते विपक्षीलाई समेत उपस्थित गराउन र यससम्बन्धी दायर अन्य रिटलाई पनि लगाउमा राख्न आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

