शिक्षकहित बचत तथा ऋण सहकारीमा नयाँ कार्यसमिति चयन

हेटौंडा, १७ मंसिर / शिक्षकहित बचत तथा सहकारी संस्था लिमिटेड मकवानपुरको शिवप्रसाद लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । संस्थाको १४ औं वार्षिक साधारणसभा तथा छैंठौं अधिवेशनलले नयाँ कार्यसमिति चयन गरेको हो ।
निवर्तमान अध्यक्ष सिताराम दाहाल रहेका शिक्षकहित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएको नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा मोहन शर्मा र सचिव पदमा कृष्णप्रसाद पोखरेल सचिव पदमा निर्वाचित भए् । त्यसैगरी कोषाध्यक्ष पदको जिम्मेवारी गुरुप्रसाद ओझाले पाएका छन् । सह सचिव पदमा सुवास खनाल र सहकोषाध्यक्ष पदमा अमृतिा भट्ट निर्वाचित भएकी छिन् ।
त्यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद पोखरेल(क), लक्ष्मी अधिकारी, विष्णु धिताल, भरत पोखरेल, श्रीजना शर्मा, हिमलाल शर्मा र शालिकराम घिमिरे रहेका छन् । रामजीप्रसाद हुमगाईको संयोजनमा दुई सदस्य रहने गरी लेखा समिति गठन गरिएको छ । लेखा समितिका अन्य सदस्यहरुमा शत्रुघन दुलाल र लक्ष्मीकुमारी रिमाल चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस