८ सय २५ जना शिक्षकले त्यागे राजनीतिक दलको सदस्यता
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी छिन्।
आज (मंगलबार) शिक्षा मन्त्री श्रेष्ठले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै यस्तो बताएकी हुन्।
उनका अनुसार ४५ जना शिक्षकविरूद्ध उजुरी परेको छ । ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको पनि उनले बताइन् ।
त्यस्तै,उनले कुन पालिकामा कतिले पढाइ छाडे भन्ने तथ्यांकको लागि विद्यार्थीहरूको राष्ट्रिय परिचयपत्र बनाउने,अभिभावकहरूको प्रतिक्रिया समेट्न समाजसँग पाठ्यक्रम ल्याएको लगायत काम भएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ट्रंकलाइन विवाद : विद्युत् महसुल नबुझाउने उद्योगको लाइन काट्न थालियो
-
२.
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
-
३.
कक्षा ११ र १२ सञ्चालन भएको चार वर्षसम्म पनि दरबन्दी नपाएपछि पठनपाठनमा समस्या
-
४.
‘दाना’ चक्रवातको असर नेपालमा पनि, यी स्थानमा वर्षाको सम्भावना
-
५.
अन्डर सेभेन्टिन एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै