निषेधाज्ञा जारी गर्ने निणर्यविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं, ५ मंसिर/ सिंहदरबार आसपासमा निषेधाज्ञा गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निणर्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ । उक्त निणर्यविरुद्ध अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

माइतीघर मण्डलासहित सिंहदरबार आसपासमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गर्ने निणर्य विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दै अधिवक्ता नेपालले बिना हातहतियार शान्तिपूणर् रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निणर्य गरिएको बताए ।

अधिवक्ता नेपालले रिटनिवेदनमा स्थानीय प्रशासनको निणर्य बदर गरी निषेधाज्ञाको निणर्य खारेज हुनुपर्ने र नागरिकले शान्तिपूणर् रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् । सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ