प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद्को बैठक

काठमाडौं, १४ असोज/अमेरिकाबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारमा नियमित बैठक सञ्चालन गर्दै आएका प्रम ओली राष्ट्रसंघ महासभाबाट फर्केलगत्तै आफ्नै निवासमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद् निकट श्रोतले बताएअनुसार आफू देशबाहिर रहँदा मन्त्रिपरिषद्बाट भएका कार्यसम्पादनका साथै विशेषगरी बैठकमा बाढीपहिरो, राहत तथा पुनस्र्थापनाका विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली १० दिने वैदेशिक भ्रमण सकेर आजै नेपाल फर्किएका हुन् । उनले संयुक्त राष्ट्र्संघको ७९ औं महासभामा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस