सिंहदरबार भित्र सहज प्रवेश गर्न ई-गेट पास प्रणाली सञ्चालन

ministry-of-home-affairs

तातोखबर, काठमाडौँ / नेपालकै प्रमुख प्रशासनिक केन्द्र रहेको सिंहदरबार भित्र प्रवेश गर्न सहज र प्रविधिमैत्री बनाइने भएको छ। उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।

कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ परीक्षणका रुपमा यही वैशाख १७ गतेदेखि काम विशेषले गृहमन्त्रालय प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याउन लागिएको हो।

Advertisement:ministry-of-home-affairs

गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने छ। मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र सो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ।

ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’ गएर आवेदन दिएर पास प्राप्त गर्न सकिनेछ । परीक्षणपश्चात् सिंहदरबारभित्र रहेका सबै मन्त्रालय/निकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application