सहकारी प्रकरण राफसाफ पार्न रवि लामिछानले गृहमन्त्रालय रोजे : चित्रबहादुर केसी

तातोखबर, काठमाडौं / राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानले गृहमन्त्रालय रोजेको टिप्पणी गरेका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृहमन्त्रालय रोजेको टिप्पणी गरेका छन् ।
उनले गलत,भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको तर यो सम्भव नहुने बताए । केसीले संसद भित्र र बाहिर बद्नाम मान्छेको साहारा लिनु र उनीहरूलाई सरकारमा समावेश गराउनु जनतामाथिको अपमान भएको बताए।
मानवता विरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमणकालीन न्यायसँग सम्बन्धीत विषय १७ वर्षदेखि अड्किएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस