मनहरीबाट पोष्टमार्टम सेवा सञ्चालन गर्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

हेटौंडा–मनहरी गाउँपालिकामा रहेको मनहरी प्रस्तावित अस्पतालमा पोष्टपार्टम सेवाका साथ अन्य सेवा थप गर्नको लागि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराइएको छ । स्वास्थ्यमन्त्री बस्नेत शनिबार हेटौंडा आएको अवसरमा मनहरी गाउँपालिका ७ नम्बर वडाध्यक्ष ठाकुराम तितुङसहितका मनहरीका अगुवाले अस्पतालको स्तरवृद्धिका साथै अन्य सेवा थप गर्न स्वास्थ्यमन्त्रीलार्ई आग्रह गरेका हुन् ।
मनहरी, कैलाश तथा राक्सिराङ गाउँपालिकामा भवितव्य भई मृत्यु भएकाहरुको पोष्टमार्टम गर्न हेटौंडा अस्पतालमै पु¥याउनुपर्ने बाध्यता रहेकाले मनहरी अस्पतालमै पोष्टमार्टम सेवा सञ्चालन गर्नसके सो भेगलाई सहज हुने कुरा स्वास्थ्यमन्त्रीलाई अवगत गराइएको थियो । अस्पताललाई आवश्यक पर्ने जनशक्ति र भौतिक पूर्वाधारको विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्न पनि स्वास्थ्यमन्त्रीसमक्ष माग गरिएको थियो । मनहरी अस्पतालमा स्वास्थ्यबिमाका बिरामीको उपचार गराएको करिब एक करोड रुपैयाँ भुक्तानी पाउन ढिलाई भएको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराइएको थिया ।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा मनहरी निवासी बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका पूर्वअध्यक्ष नारायण सुबेदीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस