
मनहरी – मकवानपुरको मनहरी गाउँपालिकामा पत्रकारप्रति भएको व्यवहारप्रति नेपाल पत्रकार महासंघ मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ अध्यक्ष मणिराज गौतमद्वारा जारी विज्ञप्तिमा पत्रकार सम्मेलन स्थलमा बाहिरी मान्छे प्रवेश गराई असुरक्षित वातावरण बनाएको र दुर्व्यवहार भएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा गाउँपालिकाले पत्रकारहरूलाई सुरक्षा दिन नसक्नु गैरजिम्मेवारीपन भएको बताउँदै गाउँपालिकालाई पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रतिवद्धता तत्काल जाहेर गर्न माग गरिएको छ ।