मनहरीमा ट्रकको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

हेटौंडा–पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारमा आज बिहान ट्रकको ठक्करबाट एकजना ७ वर्षीय बालकको मृत्यु भएको छ । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ३७८३ नं को ट्रकले पैदल राष्ट्रिय आधारभुत विद्यालय रमनटारमा कक्षा १ मा पढ्ने स्कुले पैदल यात्री करिब ७ वर्षीयउमेश प्रजाको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मनहरी पठाएकोमा त्यहाँबाट पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको थिाये । अस्पतालमा बालकको करिब १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु