सशस्त्र प्रहरीद्वारा हेटौंडाबाट ९१९ किलो लागूऔषध गाँजा बरामद

हेटौंडा, भदौ ३१ । मकवानपुरमा प्रहरीले हालसम्मकै सबैभन्दा ठूलो परिणाममा लागूऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरीबल हेटौँडा औद्योगिक क्षेत्रको टोलीले चेक जाँचको क्रममा भारतीय ट्रकबाट ९१९.३२४ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आज बिहान ४ बजे गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए ।
ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताएका छन् । भारतीय एन एल ०१ एसी २१४४ नंबरको ट्रकबाट गाँजा बरामद भएको हो । भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेका छन् । लागु औषध ओसारपसारको लागि पक्राउ परेकाहरुले एउटा नेपाली नाम र नम्बर दिएकाले उत्त विषयमा आफुहरुले अनुसन्धनको लागि प्रक्रिया खघि बढाएको कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस