भन्सार छलेर भित्र्याइएका सामान बरामद

पर्सा / भन्सार छलेर भित्र्याइएका आठ लाख ५८ हजार रुपैयाँ बराबरका सामान जिल्ला प्रहरी कार्यालयले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मंगलबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए। बरामद भएका सामानमा लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टसलगायत छन्।
प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा रु ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो।
यो अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरले ३४ करोड २७ लाख ७८ हजार ३३३ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस