गाजामा इजरायलको पछिल्लो आक्रमण, कम्तीमा ५० जनाको मृत्यु

इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। एक घण्टाको अवधिमा गरिएका तीनवटा मिसाइल आक्रमणमा उनीहरू मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा थुप्रै मानिस घाइते भएका छन्। दक्षिणी शहर खान युनूस र मध्य गाजा क्षेत्रमा शक्तिशाली आक्रमण भएको अधिकारीहरूले जनाएका छन्। मध्य गाजाको आक्रमणमा नुसेरत क्षेत्रमा संयुक्त राष्ट्रसंघले सञ्चालन गरेको स्कुलमा रहेका २५ जनाभन्दा धेरै मारिएको अल जजिराले जनाएको छ।
गत अक्टोबर ७ देखि हालसम्म इजरायलको आक्रमणमा परी हमास समूहका १४ हजारभन्दा धेरैले ज्यान गुमाईसकेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस