मकवानपुरमा डेंगू संक्रमितको संख्या ४०० पुग्यो-हेटौंडा-१३मा एक जनाको मृत्यु

हेटौडा मकवानपुर । मकवानपुरमा पछिल्लो समय डेंगू संक्रमितको संख्या बढ्दो छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ११ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका ३ जना, बागमती गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका ३ जना र अन्य जिल्लाका एक जनामा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यससँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या झण्डै ४०० को हारहारीमा पुगेको छ । जिल्लामा गत साउन १ गतेदेखि आजसम्म डेंगू संक्रमितको कूल संख्या ३९१ पुगेको छ । जसमा सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ २६३ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहा नगरपालिकाका एक जना, मकवानपुरगढी गाउँपालिकाका ९ जना, बागमती गाउँपालिकाका २० जना, मनहरी गाउँपालिकाका ३१ जना, इन्द्रसरोवर गाउँपालिकाका एक जना, भीमफेदी गाउँपालिकाका १० जना, बकैया गाउँपालिकाका १२ जना र राक्सिराङ गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।
यसैगरी, सोही अवधिमा हेटौंडा अस्पतालमा ४० जना र अन्य जिल्लाका ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-१३ का एक जना पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस