आमाको हत्या गर्ने छोरा पक्राउ

तातोखबर, हेटौंडा / आफ्नै आमालाई घाँटी थिची मारेको अभियोगमा मकवानपुरको थाहा नगरपालिका-१० बिसिङ्खेलका एक २६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते राति आफ्नी आमा ४७ वर्षीया ज्ञानीमाया गमाललाई घाँटी थिची मारेको अभियोगमा २६ वर्षीय छोरा मिलन गमाललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, फागुन ३० गते बिहान अन्दाजी ९ः ४५ वजेको समयमा गमालको घरको ढोका भित्रबाट चुकुल लगाई बन्द अवस्थामा रहेको छ सूचना प्राप्त भइ इलाका प्रहरी कार्यालय पालुङ र चित्लाङ मकवानपुरबाट प्रहरी टोली परिचालन गरी स्थानिय जनप्रतिनिधि समेतको उपस्थितिमा बन्द ढोका खोली भित्र प्रवेश गर्दा निज ज्ञानीमाया गमाललाई मृत अवस्थामा फेला पारिएको थियो ।

Advertisement:

मृतकको शव परिक्षणको लागि फोरेन्सिक मेडिसिन बिभाग त्रिभुवन शिक्षण अस्पताल महाराजगँञ्ज काठमाडौं पठाईएकोमा पोष्टमार्टम रिपोर्टमा कोही कसैले घाँटी थिची मारेको हुन सक्ने भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको भएपछि उक्त घटनामा संलग्न ब्यक्तिको पहिचान गर्नको लागि स्थानिय तथा प्राबिधिक टोली समेतको सहयोगमा अनुसन्धान गर्ने क्रममा उनकै छोराले मारेको आशंकामा प्रहरीले मिलनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मिलन फागुन २९ गते काठमाण्डौबाट भारत रोजगारीको लागि जान्छु भनी हिँँडेका थिए । मदिरा सेवन गरी बेलुकी छरछिमेकीहरु सुतिसके पश्चात घरमा आई आमाको घाँटी थिची मारेर भोलिपल्ट बिहान आमाको मोबाईल समेत लिई झ्यालबाट बाहिर निस्की चित्लाङको बाटो हुँदै काठमाण्डौ गई लुकी बसेको अवस्थामा चैत १८ गते निजलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मिलनमाथि ज्यान सम्बन्धी कसूरमा मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application