हेटौंडा – मकवानपुरको बामगती–८, कायरमा करेन्ट लागेर आइतवार विहान एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ५५ वर्षिय देबराम रुम्बाको मृत्यु भएको हो । आफ्नै बारीमा मकै हेर्न जाँदा करेन्ट प्रवाह भएको भुईमा लत्रिएको नाङ्गो तार छुनपुग्दा करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला [...]