हेटौंडामा बालबालिकासंग वडा अध्यक्ष कार्यक्रम

हेटौंडा – हेटौंडामा बालबालिकासंग वडा अध्यक्ष कार्यक्रम आयोजना गरिएको छ ।हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालय र बालमैत्री स्थानीय शासन वडा समितिको आयोजनामा सिद्धार्थ माविमा कार्यक्रम गरिएको हो । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने सन्दर्भमा वडालाई स्थानीय शासन युक्त वडा घोषणा गर्नु पूर्व वडा अध्यक्षसंग बालबालिका कार्यक्रम आयोजना गरिएको हो ।

बालमैत्री स्थानीय शासन युक्त वडा  घोषणा गर्न सरकारले तोकेका विभिन्न ५१ वटा सुचकहरु पूरा गर्नु पर्नेमा  उक्त सुचक मध्ये बालबालिकासंग वडा अध्यक्ष कार्यक्रम पनि एक भएको यो कार्यक्रम आयोजना गरिएको २ नम्बर वडाका बालमैत्री फोकल पर्सन तथा वडा सदस्य सुरज बर्तौलाले जानकारी दिए ।

Advertisement:

कार्यक्रममा सहभागी बालबालिकाले मनमा लागेको प्रश्न, जिज्ञासा, सुझावहरु राखेका थिए । बालबालिकाले वडा अध्यक्षसंग बिद्यालयमा भएका अभाव, ध्वनी प्रदुषण, १०० मिटर भित्रै सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री बितरण भैरहेको बारे ध्यानाकर्षण गराएका थिए । सहभागी बालबालिकाले शिक्षकहरुले समेत गुटखा खाएर कक्षामा प्रवेश गर्नेगरेको समेत गुनासो राखेका थिए । यस्तै सहभागीहरुले बिद्यालयमा सेनिटरी प्याड उपलब्ध भए पनि गुणस्तरीय नभएको बताए ।

सहभागी विद्यार्थीको गुनसो सुने पछि वडा अध्यक्ष विष्णु गोपाल महर्जनले स्यानिटरी प्याडको गुणस्तरका लागि हेटौंडा उपमहानगरपालिकामा समन्वय गर्ने, प्याड डिस्पोज गर्ने मेसिन ल्याउने तथा अभावका विषयमा सकेसम्म पुरागर्ने प्रतिवद्दता ब्यक्त गरे । साथै महर्जनले बिद्यालयका प्रधानाध्यापकलाई बिद्यालयका बिषयमा विद्यार्थीले उठाएको सवालमा गम्भीर भएर लाग्न र सकेको समाधान गर्न निर्देशन समेत दिए ।

‘भर्खरै हामीले बाल समुहका बालबालिका तथा टोलबिकास संस्थाका प्रतिनिधि संग बालमैत्रीको सूचकको सम्बन्धमा वडा स्तरीय  अन्तर्कृया कार्यक्रम गर्यौ’  वडा सदस्य सुरज बर्तौलाले भने ‘अब वडामा रहेका बिधालयमा बालबालिका सङ्ग वडा अध्यक्ष कार्यक्रम गर्दैछौ ।’

वडा अध्यक्ष बिष्णु गोपाल महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, सिद्धार्थ माबिका प्रधानाध्यापक मोहन शर्मा, वडाका स्वास्थ शाखा प्रमुख मन्जु गौतम, बालमैत्री सहजकर्ता राहुल शर्मा, बिद्यालयका शिक्षक तथा बिद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application