राजा ज्ञानेन्द्र शाह माघ ७ गते हेटौंडा जाँदै

तातोखबर, मकवानपुर /  बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी माघ ७ गते पूर्व राजा ज्ञानेन्द्र शाह आउने भएका छन् ।

हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधाना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि राजा ज्ञानेन्द्र हेटौंडा आउन लागेका हुन् ।

Advertisement:

पूर्व राजा ज्ञानेन्द्रलाई ७ गते दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने छ । त्यस्तै दिउँसो १२ः३० मा हेटौंडा-१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा मा राजाद्वारा पुजाआरधाना, २ः३० मा हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरमा पूजा आरधानासहित शुभेच्छुक भेटघाट र ४ः३० मा हेटौंडा रिसोर्टमा खेलप्रमी,बुद्धिजिवी,व्यवसायीहरु लगाएत सम्बन्धित व्यक्तित्वहरुसँग भेटघाट गरी सोहि दिन राजा ज्ञानेन्द्र हेटौंडाबाट फर्किने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application