इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानबाट सिरियाको राजधानी दमास्कससहित केही विशेष क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको छ। बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार १०० भन्दा बढी सैन्य क्षेत्रमा आक्रमण गरिएको छ । तीमध्ये एक रासायनिक हतियार [...]