सिरियाका सैन्य क्षेत्रमा इजरायलको आक्रमण तिब्र

इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ। सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानबाट सिरियाको राजधानी दमास्कससहित केही विशेष क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको छ।
बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार १०० भन्दा बढी सैन्य क्षेत्रमा आक्रमण गरिएको छ । तीमध्ये एक रासायनिक हतियार उत्पादनसँग सम्बन्धित अनुसन्धान केन्द्र पनि समावेश छ । सीरिया हयात तहरिर अल-शाम विद्रोही समूहको नियन्त्रणमा गएपछि उनीहरुको हातमा रासायनिक हतियार नपुगोस् भन्ने उद्देश्यले यस्तो आक्रमण गरिएको इजरायलले दाबी गरेको छ।
सिरियामा रासायनिक हतियारको जोखिम बढिरहेका वेला, संयुक्त राष्ट्र संघको रासायनिक हतियार निगरानी संगठन ओपीसीडब्लुले सिरियाली अधिकारीलाई रासायनिक हतियारको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ। साथै इजरायली सेनाले गोलान हाइट्सको स्वतन्त्र क्षेत्र अस्थायी रुपमा कब्जा गरेको घोषणा गरेको छ।
यो क्षेत्रको नियन्त्रलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एतिहासिक कदम भनेका छन्। इजरायलका रक्षामन्त्री इजरायल क्याट्जले आईडीएफले सीरियाको रणनीतिक हतियार नष्ट गर्ने गरी आक्रमण गरिरहेको दाबी गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु