सुनसरी झडप : कर्फ्यूबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दै

तातोखबर, काठमाडौं / सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यूबारे निर्णय लिन आज सर्वदलीय बैठक बस्दैछ ।
बिहान १० बजे बस्ने बैठकपछि उपयुक्त निर्णय लिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्राईले जानकारी दिएका छन् । उनले बताएअनुसार अहिले अवस्था सामान्य रहेको छ।
बिहिवार माध्यमिक शिक्षा परीक्षाको क्रममा हरिनगर गाउँपालिका-१ मा रहेको बालकृष्ण माविमा एक युवकलाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद भएको थियो।
शुक्रबार दिनभरजसो तनावग्रस्त बनेको सुनसरीमा ३१ राउण्ड हवाई फायर गरिएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा रहरीले चलाएको गोलि लागेर ३ जना घाइते भएका थिए । सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी घाइते भएका थिए। यस्तै प्रदर्शनकारीतर्फका १० जना घाइते भएका थिए। प्
शुक्रबार दिउँसो २ स्थानीय तहका निश्चित क्षेत्रमा निषेधाज्ञा लगाएको स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि कर्फ्यू लगाएको हो। प्रशासनले इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस