NTC App - Ad

प्रचण्डद्वारा कांग्रेसलाई बालुवाटारको निम्तो, सर्वदलीय बैठकको तयारी

dewa

तातोखबर, काठमाडौं / संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दैछन्।

कांग्रेससँगको छलफलपछि प्रधानमन्त्री दाहालले आजै सर्वदलीय बैठक बोलाउने तयारी समेत गरेका छन् ।

Advertisement:dewa

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध पारेको छ। संसदको हिउँदे अधिवेशनमै विरोध सुरु गरेको कांग्रेसले शुक्रबार सुरु भएको बर्खे अधिवेशनको पहिलो दिन नै दुवै सदन अवरुद्ध गरेको थियो ।

हिजो कांग्रेसको कार्य सम्पादन समितिको बैठकले संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने निर्णय गरेको थियो । कांग्रेस कडा रुपमा प्रस्तुत हुन थालेपछि प्रधानमन्त्री प्रचण्डले आज आफ्नै निवासमा बोलाएर छलफल गर्न लागेका हुन् ।

सरकारले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम, आर्थिक सर्वेक्षण लगायत पेश गर्नुपर्ने भएकाले बजेटको तालिका प्रभावित नबनाउन प्रधानमन्त्रीले कांग्रेसलाई आग्रह गर्ने बताइएको छ ।

प्रधानमन्त्रीसँगको छलफलमा संसदीय समितिको विषयमा समेत कांग्रेसले कुरा उठाउने आंकलन गरिएको छ ।

 

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :