इलाममा ७ बजेपछि मात्र मतगणना शुरु हुने

काठमाडौं / इलाम क्षेत्र नं.२ मा आइतबार बिहान ७ बजेपछि मात्र मतगणना शुरु हुने भएको छ । मतपेटिका सदरमुकाम ल्याइपुर्याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना शुरु गर्न लागिएको हो।
सर्वदलीय बैठक गरेर गणना शुरू गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यलयका सूचना अधिकारी कृष्णबहादुर लिम्बुले जानकारी दिए। इलाम नगरपालिका-२ स्थित गौतबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिनेछ। मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ।
इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइपुर्याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना शुरु गर्न लागिएको हो।
उपनिर्वाचनअन्तर्गत इलाम-२ मा शनिबार मतदान भएको थियो। यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएपछि उपनिर्वाचन भएको हो। यहाँ १९ उम्मेदवार चुनावी मैदानमा छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस