त्रिकोणात्मक सिरिज : नेपालले आज बरोडासँग खेल्दै

तातोखबर / भारतमा जारी फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज बरोडासँग खेल्दैछ।
लिग चरणको अन्तिम खेल नेपाली समय अनुसार पौने ३ बजे मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ।
नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरातले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ। बरोडाले आफ्ना यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ। त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ।
डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल आइतबार हुनेछ। नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो। त्यसपछि नेपाल त्यहिँबाटै ओमान जानेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस