सीआईबीले सांसद विनोद चौधरीसँग बयान लिन शुरू गर्यो

तातोखबर, काठमाडौं / बाँसबारीको सरकारी जग्गा किर्ते गरेको सम्बन्धमा अनुसन्धान गरिरहेको सीआईबीले सांसद विनोद चौधरीसँग बयान लिन शुरू गरेको छ।
बिहीबार बिहान बयान दिन नेपाली कांग्रेसका सांसद विनोद चौधरी सीआईबी कार्यालयमा उपस्थित भएका हुन् ।
सीआईबीले बाँसबारीको सरकारी जग्गा किर्ते गरी ठगी गरेको सम्बन्धमा सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको संलग्नताबारे अनुसन्धान भइरहेको पत्र बुधबार मात्रै सभामुखलाई पठाएको थियो।
चौधरीकै अगुवाइमा २०४३–२०४४ सालमा यो सरकारी जग्गा उनको परिवारले हात पारेको र पछि यसलाई निजी सम्पत्ति बनाइएको प्रकरण उकालोले उजागर गरेको थियो। चौधरी अहिले प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्। आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिएका थिए ।
यो प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीले विनोदका भाइ वसन्त चौधरी र भिनाजुसँग बयान लिइसकेको छ । माघ १८ गते अरुण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस