अब बन्ने नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि : सांसद राजेन्द्रप्रसाद पाण्डे
काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले अब बन्ने नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि हुने बताएका छन्।
मंगलवार संसद् भवनबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरणलगायतका प्रकरणहरू छोप्नका लागि बन्न लागेको बताए।
उनले संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफ्नो बुझाइ रहेको बताए। उनले प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको बताए।
उनले भने, ‘सरकार बनेकै त्यस्तै छोप्नलाई हो। त्यस्तै कुरा आइरहेको छ। गिरिबन्धुको छोप्नुपर्ने भयो, एक जना भाउजुको पनि छोप्नुपर्ने भयो, के-के भनेर पनि कुरा आइरहेको छ। भूटानी शरणार्थी काण्डको छोप्नुपर्ने भयो। त्यो उहाँहरूमाथि लागेको आरोप गलत ठहरियोस् तर आमरुपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन।’
उनले प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमा बस्न पुगेपछि, सरकार सम्हाल्न हिँडेपछि गलत कुरा छोप्न हो की भन्ने शंका सबैको रहने बताए।
पाण्डेले एमाले र कांग्रेस सरकारमा आफूहरू सम्मिलित हुने कुरा नसोचेको र आफूहरूको आवश्यकता पनि दुई दललाई महशुस नभएको अनुभव आफूले गरेको बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट ग्लोबल आइएमई बैंक सम्मानित
-
२.
एसीसी मेन्स इमर्जिङ कपको फाइनलमा आज अफगानिस्तान र श्रीलंका भिड्ने
-
३.
साफ महिला च्याम्पियनसिप : पाँच पटकको विजेता भारतलाई हराउने दाउमा नेपाल
-
४.
जंगलमा हराएका चारजना पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार
-
५.
रविलाई हरहालतमा बचाउँनैपर्छ भन्ने केपी ओली हो, म होइन : प्रचण्ड