रेल्वे सेवाको विकासका लागि सरकार व्यवस्थित रूपमा अघि बढेको छ : यातायातमन्त्री

काठमाडौँ / भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवाको विकासका लागि सरकार व्यवस्थित रूपमा अघि बढेको बताएका छन्।
बिहीवार जनकपुर-जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले उक्त कुरा बताएका हुन्। उनले रेल्वे सेवालाई व्यवस्थित गर्न रेल्वे स्टेशनहरूको स्थलगत निरीक्षणका लागि आएको बताए। बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई विस्तार गरी फास्टट्रयाकसँग काठमाडौँलाई जोड्ने गरी तयारी गरिरहेको बताए।
उनले सरकारले रेल्वे वासिङ सेन्टरको निर्माण गरिरहेको भन्दै वासिङ सेन्टरको निर्माणसँगै रेल्वे सञ्चालन घाटामा कमी आउने विश्वास व्यक्त गरे। उनले भारतसँग केही सम्झौता गरेर मालवाहक रेल छिटै सञ्चालनमा ल्याउने पनि बताए। भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले व्यापारलाई पनि सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे।
उनले भने, ‘रेल्वे सञ्जालको विकासका लागि हामी व्यवस्थित ढंगले अघि बढ्ने सोचेका छौँ। विस्तारै वासिङ सेन्टर बनाउँदै छौँ। त्यो बनाइसकेपछि हाम्रो केही घाटा आधा कम हुन्छ। भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले हाम्रो व्यापारलाई पनि सहयोग गर्नेछ। सांस्कृतिक सम्बन्ध पनि छ। जनकपुरदेखि अयोध्यासम्मको यात्रा छ। नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र उहाँहरूको ट्रेन पनि जनकपुरसम्म आउनुपर्छ भन्ने सोच हाम्रो छ। त्यो ढंगले दोहोरो प्रक्रियामा ट्रेन सञ्चालन गर्ने हाम्रो प्रस्ताव रहेको छ।’
नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच नेपालको रहेको बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस