मधेश प्रदेशका आठवटै जिल्लामा मेडिकल कलेज स्थापना गर्ने-मुख्यमन्त्री यादव
जनकपुर / मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका आठवटै जिल्लामा एक एकवटा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको बताएका छन् ।
आइतबार नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आयोजित मधेश हेल्थ सम्मिटमा सम्वोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका छन् ।
यसअघि सहभागीहरुबाट स्वास्थ्यमा बजेट बढाइनुपर्ने मागउपर प्रतिक्रिया व्यक्त गर्दै स्वास्थ्य राज्यमन्त्री भइसकेको हुनाले स्वास्थ्यको महत्व आफूले बुझेको जिकिर ग रे।
‘ प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको छु । आउने दिनमा स्वास्थ्य बजेट बीस पच्चीस प्रतिशतसम्म पुर्याइनेछ’, यादवले भने ।
मुख्यमन्त्री यादवले सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन गरी चार क्षेत्रमा ’हब’ बनाइने लक्ष्य लिएको समेत पनि घोषणा गरे । चिकित्साकर्मीहरुको सुविधा र वृतिविकासका लागि उठेको जिज्ञासालाई सम्बोधन गर्दै यसबारे आफू वचनवद्ध रहेको पनि बताए ।
साथसाथै सेवाको गुणवत्तामा ध्यान दिन उनले चिकित्सकहरुसंग आग्रह गरे । “उपचार राम्रो छ, अलि अलि सुधार पनि भैरहेको छ तर जति सुधार हुनुपर्ने हो हुनसकेको छैन,“ मुख्यमन्त्री यादवले गुनासो गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह, पूर्व राज्यमन्त्री डा सुरेन्द्र यादव लगायतले पनि मधेश प्रदेशका स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

