हङकङमा हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा

तातोखबर, काठमाडौं / आगामी साता हङकङमा हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको छ।
टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीय जोरा, आरिफ शेख विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिशी, लोकेश बम आकाश चन्द र अविनाश बोहोरा रहेका छन्।
नेपालले फागुन २६ (मार्च ९ देखि १३) गतेसम्म हङकङमा त्रिदेशीय टी–२० सिरिज खेल्न लागेको हो। सिरिजमा नेपालसहित हङकङ र पपुवा न्यूगिनी पिएनजीको सहभागीता रहने छ । नेपालले फागुन २६ मा नेपालले हङकङसँग फ्रेन्डसीप खेल खेल्नेछ ।
सिरिजको पहिलो खेल हङकङसंग फागुन २७ र दोस्रो खेल पपुवा न्युगिनिसँग फागुन २९ गते खेल्नेछ भने फाइनल खेल फागुन ३० गते हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस