टी–२० सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग भिड्दै

तातोखबर, क्रिकेट / नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी- २० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ। खेल नेपाली समयअनुसार बिहान ११ः३० बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
नेपालले जुनमा हुने टी-२० विश्वकपको लामो तयारीको सुरुवातको रुपमा यो सिरिजलाई लिएको छ। नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन्। नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन्।
नेपालले विश्वकप लिग-२ खेलेको टोलीमा केही परिवर्तन गर्दै यस सिरिजका लागि १८ सदस्यीय टोली घोषणा गरिसकेको छ। ओडीआई टोलीका देव खनाल, भीम सार्की, सूर्य तामाङ र पवन सर्राफ टी-२०आई टोलीमा छैनन्। प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, राशीद खान, सागर ढकाल र अभिनाश बोहोरा टोलीमा थपिएका छन्।
नामिबियाले भने एकदिवसीय खेलेको टोलीलाई नै निरन्तरता दिनेछ। नेदरल्यान्ड्सले ओडीआई टोलीमा परिवर्तन गरेको छ बास डे लिड र ओलिभर एलेन्बासको स्थानमा फ्रेड क्लासेन र टिम भान डर गुग्टेन टोलीमा थपिएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस