मकवानपुरगढी गाउँपालिकामा क्रिकेट क्लब गठन

तातोखबर, क्रिकेट / मकवानपुरगढी गाउँपालिकामा क्रिकेट क्लबको गठन गरिएको छ ।
मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिका संयोजक हिरा स्याङ्तानको अध्यक्षतामा बसेको भेलाबाट “मकवानपुरगढी क्रिकेट क्लब” गठन भएको हो । मकवानपुरगढी गाउँपालिका- ६ डुम्रेकुनामा बसेको भेलाले क्लबको नाम मकवानपुरगढी क्रिकेट क्लब राख्ने निर्णय सर्वसम्मतले पारित गरेको हो । उक्त भेलाले सुवास अधिकारी अध्यक्ष रहनेगरि ९ सदस्यीय समितिको गठन पनि गरेको छ ।
मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिका संयोजक तथा नवगठित क्रिकेट क्लबका सल्हाकार हिरा स्याङ्तानले गाउँपालिकामा धेरै खेलाडी रहेका र यहाँ क्रिकेट खेलाडी पनि रहेका बताए । उनले अन्य खेलमा जस्तै आफुले आगामी बजेटमा क्रिकेटका लागि पनि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
क्रिकेटमा खासै लगानी नभएको समयमा क्रिकेट क्लब गठन गर्ने कदम राम्रो भएको स्थानीय युवा खेलप्रेमीहरु बताउंछन् । सबैले साथ दिए राम्रो खेल प्रदर्शन गर्ने खेलाडी गाउँपालिकामा रहेको भेलामा उपस्थित एक खेलाडीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस