मकवानपुरगढिमा अन्तरपालिका स्तरीय फुटसल हुँदै

तातोखबर, मकवानपुर : मकवानपुरगढीमा सहिद रुद्र पाख्रीन तथा बासुदेव घिमिरे स्मृती अन्तरपालिका स्तरीय रनिङशिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिता पुस २८ गते सुरु भइ माघ १ गते समापन हुने समितिका संयोजक हिरा स्याङ्तानले शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
पालिका स्तरीय प्रतियोगितामा १० वटै स्थानीयतह र आयोजकको थप एक समूह सहित ११ समूह प्रतियोगितामा रहने संयोजक स्याङ्तानले बताए ।
खेलका लागि २७ गतेभित्रमा आफ्नो टिम दर्ता गर्नुपर्ने साथै दर्ता शुल्क तीन हजार लाग्ने आयोजकले जनाएको छ । खेलमा करिब ५ लाख खर्च हुने अनुमान गरिएको र गाउँपालिकाले चार लाख बजेट विनियोजन गरेको आयोजकले बताएको छ ।
प्रतियोगिताका विजेताले एक लाख २५ हजार प्राप्त गर्ने र उपविजेताले ७५ हजार प्राप्त गर्ने स्याङ्तानले बताए । प्रतियोगितामा विधागत खेलाडीहरुलाई पनि पुरस्कृत गर्ने र खेल लिग चरणमा हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस