एसइई परीक्षाबारे अन्योलमा नपर्न आग्रह, माघ पहिलो हप्तामा परीक्षा तालिका सार्वजनिक हुने

तातोखबर, काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) हुने जानकारी दिएको छ । मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं समितिका सदस्य सुमना श्रेष्ठले अहिलेसम्म पनि एसइई परीक्षाबारे अन्योल भएकाले यसबारे प्रष्ट पार्नुपर्ने भन्दै प्रश्न गरेकी थिइन् ।उक्त प्रश्नको जवाफ दिंदै शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले एसइई हुने भन्दै अन्योलमा नपर्न जानकारी दिएका छन् ।
अधिकारीले भने, ‘विद्यालय शिक्षा विधेयक संसदमा विचाराधीन छ, त्यसकारण त्यो विधेयक पास भएपछि मात्रै यसबारे थप केही होला तर अहिलेलाई पहिलाजस्तै एसइई परीक्षा हुन्छ ।’
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा चैत पहिलो हप्तादेखि सञ्चालन हुनेगरी वार्षिक परीक्षा तालिका नै तयार पारेको छ। माघ पहिलो हप्तामा परीक्षा तालिका सार्वजनिक हुने बोर्डले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस