त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगित

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले आइतबारका लागि तय भएको सम्पूर्ण परीक्षा स्थगित गरेको छ।
मानविकी, शिक्षा शास्त्र तथा व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत स्नातक तह दोस्रो वर्षको आइतबारको परीक्षा स्थगित भएको त्रिविले जनाएको छ।
आंशिक तर्फको बीए, बीएड, बीबीएस र बीएस्सीको परीक्षा समेत स्थगित भएको छ। यो परीक्षा असोज २१ मा सोही परीक्षा केन्द्र र समयमा सञ्चालन हुनेछ।
त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले सोमबारसम्मको परीक्षा स्थगित गरेको छ। त्रिवि र सीटीइभीटीले आइतबारको मात्रै परीक्षा स्थगित गरेकोमा पूर्वाञ्चलले सोमबारको पनि परीक्षा स्थगन गरेको हो।
व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा शास्त्र, कला, शिक्षाशास्त्र संकायका विभिन्न शैक्षिक कार्यक्रमहरूको सेमेस्टर तथा वार्षिक प्रणाली अन्तर्गत नियमित, आंशिक र मौका परीक्षा सञ्चालन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस