पोखरामा डुंगा खियाउने प्रतियोगिता सम्पन्न

तातोखबर, कास्की: पोखरामा जारी २५ औँ पोखरा सडक महोत्सवमा तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ ।
रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान)को आयोजनामा भएको प्रतियोगिताको खुलातर्फको प्रतिस्पर्धामा ‘स्विमिङपुल घाट ए’ विजयी भयो भने गौरीघाट तथा वाराहीघाट क्रमशः दोस्रो र तेस्रो भए। विजयी टोलीले २० हजार नगद पुरस्कार जित्यो भने दोस्रो १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी संस्थागततर्फको प्रतिस्पर्धामा टान गण्डकी प्रथम भयो भने रेवान पोखरा दोस्रो हुँदा नेपाल टुरिजम भ्यान एशोसिएशनले तेस्रो स्थान हासिल गर्यो ।
उनीहरूलाई रेवान पोखराका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष हरि पहारी तथा कार्यक्रम संयोजक वीरेन्द्र लामा लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
यस्तै वेटर रेसमा बेन्जन रेष्टुरेन्टका रेशमबहादुर अर्याल प्रथम हुँदा चिल्ली बारका सुनिल गुरुङ दोस्रो भए भने बेन्जनकै सौरण ठकुरीले तेस्रो स्थान हासिल गरे। उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
वेटर्सतर्फ बेन्जनकै मोनिका नेपाली र माया घले प्रथम र दोस्रो हुँदा बेलिफकी रश्मि तिहारी तेस्रो भइन्। उनीहरूले क्रमशः ७ हजार, ५ हजार तथा ३ हजार नगद पुरस्कार जिते ।
उनीहरूलाई आयोजक कोकाकोला कम्पनीका प्रतिनिधि र रेवान खराका पूर्व अध्यक्ष बलराम पहारी लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे। सडकमै खाऔँ सडकमै रमाऔँ भन्ने नारासहितको यो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उत्साहजनक सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस