कमानेमा व्यापार प्रर्वद्धन एंव प्रर्दशनी सडक महोत्सव हुँदै

हेटौंडा – हेटौंडा – ८ मा व्यापार प्रवर्द्धन एवंम प्रदर्शनी ( कमाने महोत्सव) हुने भएको छ।हेटौंडा – ८ स्थित कमानेको मेन रोड निम चोक देखि सागर चोक सम्म पौष ६ र ७ गते व्यापार प्रवर्द्धन एवंम प्रदर्शनी ( कमाने महोत्सव) हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत संयोजक विष्णु अर्यालले जानकारी दिए।
हेटौंडा-८नम्बर वडा भित्र रहेका स्थानीय व्यापार , व्यवसाय ,कला संस्कृतिलाई पहिचान र प्रदर्शनी गर्ने उद्देश्यले १९ वटै टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुले लिएको तालिम तथा सिपलाइ सदुपयोग गरि सानो उद्योग तथा महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण एवम प्रदर्शनी गर्ने उद्देश्यले कमाने महोत्सव गर्न लागिएको वडा अध्यक्ष राम थापाले जानकारी जानकारी दिए ।प्रर्दशनी सँगसँगै वडामा रहेका २१ वटा बाल समूहको साँस्कृतिक नृत्य प्रर्दशनी समेत रहेको छ। प्रर्दशनीमा ७० वटा स्टलहरु राखिने छ।
वडा भित्र रहेकालाई स्टल नि:शुल्क उपलब्ध गराईने र वडा बाहिरका लागि संस्थागत २ हजार र व्यक्तिगत ३ हजार रुपैँया लाग्ने जनाईएको छ । महोत्सवमा ७ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस