लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी
काठमाडौँ, तातोखबर । धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिनको सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।
फाप्ला क्रिकेट मैदानमा आइतबार धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई तथा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई हराउँदै सुखद सुरुवात गरेको छ ।
पहिलो खेलमा समूह ‘बी’अन्तर्गत धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले हरायो । निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभरमा ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। यसअघि टस हारेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो।
दोश्रो खेलमा समूह ‘एु’अन्तर्गत धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले हरायो । धनगढी स्पोर्ट्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको कैलाली १५.२ ओभरमा सबै विकेटको क्षतिमा ९४ रनमा समेटिएको थियो । यसअघि टस जितेर ब्याटिंग गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।
मंगलबार सुदूरपश्चि एकेडेमी र घोडाघोडी क्रिकेट एकेडेमी तथा शुक्लाफाँटा ब्ल्याकबक्स र खप्तड इन्डोर बीच खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपियाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टीमको सहभागिता रहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

