भरतपुरमा बोराभित्र दुईजना महिला र पुरुषको शव फेला
चितवन । चितवनको भरतपुरमा हात खुट्टा बाँधेर बोराभित्र राखेर फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ ।
बुधबार दिउसो महानगरपालिका वठा नम्बर १२ मिलनचोक नजिकैको पूर्व पश्चिम राजमार्गमा रहेको पुलमुनि महिला र पुरुषको शव फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
शवको मुखमा टेप समेत लगाइएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए । उनका अनुसार दुवै जनाको शव छुट्टा छुट्टै जुटको बोराभित्र रहेको फेला परेको हो । अनुहारमा भएको चोटका कारण दुवै जनाको पहिचान गर्न पनि नसकिएको प्रवक्ता पण्डितले बताए ।
दुबै शवको परीक्षणको लागी भरतपुर अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान कार्य भइराखेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

